१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हिमालय एयरलाइन्सबाट निःशुल्क खोप ढुवानी

कोरोना भाइरसको दोस्रो लहरको महामारीबीच हिमालय एयरलाइन्सले चीनबाट निःशुल्क खोप ढुवानी गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई सहयोग गरेको दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको कम्पनीले जनाएको छ।

हिमालयले मंगलबार र बुधबार गरी कुनमिङ सहरबाट चारवटा उडानमार्फत खोप ढुवानी गर्ने जनाएको छ।मंगलबारका उडान भने सम्पन्न भइसकेका छन्। ती उडानबाट भेरोसेल खोपका चार सय १७ बाकस निःशुल्क ढुवानी गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

निःशुल्क कार्गो उडानबाट एयरलाइन्सले दुई लाख २५ हजार रूपैयाँ बराबरको आर्थिक योगदान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७८ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App