२ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

'स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान'

महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको व्यवसायीकरणले ग्रामीण भेगका महिलालाई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन्। रौतहटको चन्द्रनिगाहपुरमा महिला उद्यमी लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले स्थानीय विशेषता र विशिष्टतासहितको उत्पादनमा जोड दिन आह्वान पनि गरिन् ।

 CIPE को सहयोगमा रौतहटका महिला उद्यमीहरूका लागि तालिम आयोजना गरिएको हो। अध्यक्ष ज्ञवालीले  स्थानीय उत्पादनको विशिष्टताको अध्ययन गरी व्यापकता दिनुपर्ने सुझाव दिएकी छिन्। तालिममा सीप र अनुभवको आदानप्रदानका साथै उत्पादित वस्तुको बजारीकरण गर्न सकिने बताउँदै अध्यक्ष ज्ञवालीले दिदीबहिनीहरूलाई मिलेर काम गर्न सुझाव दिइन्। धेरै ठाउँमा दिदीबहिनीहरू मिलेर, एकआपसमा सहयोग आदानप्रदान गरेर काम गरेको उदाहरण दिँदै अध्यक्ष ज्ञवालीले सहयोगले सबैलाई सफलता दिने बताइन्।साथै सहयोगले कामको अनुभव बढ्ने र कामका लागि मार्गदर्शन पनि प्राप्त हुने अध्यक्ष ज्ञवालीको दाबी छ।

 कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना र जिल्लाका ५ पालिका प्रमुखसँग अध्यक्ष ज्ञवालीले छोरी लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् । उनले भनिन्,‘भारतमा प्रधानमन्त्री मोदीले छोरी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । नेपालमा पनि हरेक पालिकाले त्यस्तै प्रकारका कार्यक्रम सञ्चालन गर्न सके बालिकाहरूको स्तरोन्नतिमा सहयोग पुग्ने थियो । अध्यक्ष ज्ञवालीले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न पालिकाहरू गम्भीर बन्न आवश्यक रहेको उल्लेख गरिन् । स्थानीय उत्पादनको प्रकृति र स्वरूप मिलाएर लैजान सके विश्व बजारमा पनि आफ्नो स्थानीय विशिष्टतासहित प्रतिस्पर्धा गर्न सकिने अध्यक्ष ज्ञवालीको भनाइ छ। 

रौतहटका महिला उद्यमीहरूसित संवाद गर्दै अध्यक्ष ज्ञवालीले छोरी शिक्षामा जोड दिन आह्वान गरेकी छिन्। कार्यक्रममा महिला उद्यमी संघ नेपाल रौतहट शाखाको जिल्ला तदर्थ समिति गठन गरिएको छ। तदर्थ समितिको जिल्ला अध्यक्षमा देवकी नेपाल, उपाध्यक्षमा मुना लामिछाने, सचिवमा सावित्री कुशवार तथा कोषाध्यक्षमा सम्मिला परियार चयन भएका छन् । यसै गरी कल्याणी चौधरी, दुर्गा भण्डारी, संगीता चालिसे, गोमा थापा, अपर्णा घिमिरे, लुकु चौधरी र गीता थापा जिल्ला तदर्थ समितिको सदस्यमा चयन भएका छन्। 

शुक्रबार देखि संचालन भएको तालिममा साक्षरता, डिजिटल साक्षरता, बजारीकरण लगायतका बारेमा सहभागीलाई प्रशिक्षण दिइनेछ।

 कार्यक्रममा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले कार्यक्रमको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै महिला उद्यमीहरूलाई आफूले सबै किसिमको सहयोग गर्न तयार रहेको बताए।

 यसै गरी गरुडा नगरपालिकाका मेयर कन्थमुनि प्रसाद कल्वार, वृन्दावन नगरपालिकाका मेयर बिनो कुर्मी, परोहा नगरपालिकाका मेयर शेख वकिल, गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, महिला उद्यमी महासङ्घकी प्रथम उपाध्यक्ष तथा  CIPEका सम्पर्क व्यक्ति दर्शना श्रेष्ठ, महासङ्घकी तृतीय उपाध्यक्ष तथा कार्यक्रमको सम्पर्क व्यक्ति बासन्ती प्रधान, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लगायतले महिला उद्यमीहरूलाई राम्रो कामको लागि सम्भव भएसम्म सबै किसिमको सहयोग गर्न शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित: ७ भाद्र २०८१ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App