१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

कर्णाली प्रदेशकी नवनियुक्त जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन्। 

आइतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३।१३ प्रतिशत घर धुरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पु¥याउने बताइन् ।

‘दिगो विकास लक्ष्य–२०३० तथा सङ्घीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्य योजनासहित अघि बढ्छ ।’ उनले दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्य योजना–२०८१ तयार गरेर लागू गरिने बताइन् ।

‘सौर्य मिनी ग्रिड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनर्स्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरू कार्यान्वयन गरिनेछ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त कार्य योजना कार्यान्वयनका लागि तीन तहका सरकार र सम्बद्ध विकास साझेदारहरूसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।’

प्रकाशित: २० श्रावण २०८१ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App