६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

चुकेनीको बिजुलीले जुम्ला बजार झिलिमिली

बहुप्रतीक्षित ९ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले जुम्ला बजार झिलिमिली भएको छ।

चुकेनी आयोजनाबाट उत्पादित बिजुलीले सदरमुकाम जुम्ला बजार भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र जुम्लाका फिल्ड संयोजक पृथ्वीबहादुर शाहीले बताए। उनका अनुसार कर्णाली प्रतिष्ठानबाहेक बजार क्षेत्रमा चुकेनी आयोजनाको बिजुली बलेको छ।

सदरमुकाममा २ सय ९३ केभीको विद्युत् खपत भएकोे वैकल्पिक ऊर्जाअन्तर्गत ग्रामीण जीविकोपार्जनका लागि नविकरणीय ऊर्जा कार्यक्रमका इन्जिनियर सुदिप पौडेलले बताए। उनले भने, ‘जुम्ला बजारमा बत्ती आएपछि स्थानीय खुसी भएका छन्, तर आयोजनालाई दिगोपना प्रदान गर्न बाँकी निर्माण कार्य भइरहेको छ।’

प्राधिकरणका अनुसार बिजुली छाडिएको छ, तर पावर मिलान कार्य पूरा गर्न अझै एकदुई हप्ता लाग्ने छ। चुकेनी विद्युत् सहकारी संस्था लिमिटेड पातारासीका अध्यक्ष गोरबहादुर बुढाका अनुसार केही दिनदेखि आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम झिलिमिली हुँदै आएको छ। उनका अनुसार ३३ केभी लाइनसँग जोडिएर सफल परीक्षण भएको छ।

केही हप्तापछि सदरमुकाम लोडसेडिङमुक्त हुने कर्णाली प्रदेशका पूर्व मन्त्री नरेश भण्डारीले बताए। आयोजना वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत र स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण गरिएको हो।

प्रकाशित: २१ वैशाख २०८१ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App