१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

भेटेरिनरी कागजातविनै २२ गोरु ढुवानी, ट्रकसहित चार जना पक्राउ

मकवानपुरको हेटौंडामा भेटेरिनरी कागजातविनै गोरु ढुवानी गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब ६:३० बजे विशेष सूचनाका आधारमा प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गको बसामाडी खण्डमा चितवनतर्फबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०३–००१ख ३४११ नम्बरको ट्रक रोकी जाँच गर्दा भेटेरिनरी कागजात नभएका २२ वटा गोरु फेला परेको हो।

ट्रकमा गोरु ढुवानी गरिएको पुष्टि भएपछि ट्रक चालकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये गोरखा अजिरकोट गाउँपालिका–४ का २५ वर्षीय सुरज परियार, ठेगाना नखुलेका २४ वर्षीय कुशल परियार, धादिङ सिद्धलेक गाउँपालिका–२ का २६ वर्षीय ट्रक चालक गणेश मगर र सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–३ का ५६ वर्षीय जितु यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र कार्यालय हेटौंडा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १० वैशाख २०८२ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App