सशस्त्र प्रहरी बल (एपीएफ) जारी नवौं महिला तथा पुरुष एनभिए च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार पुरुषतर्फ दिनको पहिलो खेलमा मणिमुकुन्द क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले क्वार्टरफाइनलमा आफ्नो स्थान बनाएको हो।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा भएको खेलमा एपीएफले पहिलो सेट २५-१० ले आफ्नो पक्षमा बनायो। त्यसपछि दोस्रो सेट २५-१६ र तेस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्दै एपीएफले खेल आफ्नो पक्षमा बनायो।
जारी प्रतियोगितामा कुल २० टोलीले सहभागिता जनाइरहेका छन्।
प्रकाशित: १५ पुस २०८२ १३:२५ मंगलबार





