१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज (बुधबार) शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो।

उपप्रधानमन्त्री नाह्यानले युएइका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए।

नेपालको दुई दिने भ्रमणका लागि मङ्गलबार काठमाडौं आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरु तत्पर रहेको अवगत गराए।

प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएइले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे।

प्रकाशित: १० वैशाख २०८२ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App