१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न तयार रहेको जनाउँदै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह गरेको छ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूको आन्दोलन रोकेर विद्यार्थीको भविष्य जोगाउन सहयोग गर्नुपर्ने बताए।

“शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार तयार छ, तर समयमै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीको भविष्य जोखिममा पर्छ,” मन्त्री गुरुङले भने। उनले सरकारले आन्दोलन रोक्न आग्रह गरे पनि शिक्षकहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे।

मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ। साथै, चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरिएको छ।

बैठकले सर्वोच्च अदालत र मातहतका निकायहरूको संगठन संरचना र दरबन्दीमा संशोधन, वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद (चौधौँ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ।

यसैबीच, मन्त्री गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए। शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई कुनै जानकारी नभएको उनले दोहोर्‍याए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु:

प्रकाशित: १० वैशाख २०८२ १६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App