१० पुस २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै

शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । गाउँपालिका–६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको  लागतमा शिवनाथमा  भवन निर्माण भएको हो ।

उनले भने, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने छ । ” अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ ।

प्रकाशित: १० वैशाख २०८२ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App