१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाल र भारतबीच शहरी विकासको क्षेत्रमा सहकार्य हुने

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ।  

मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।  

‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र शहरी यातायातमा हासिल गरेको उपलब्धीको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यीनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने। 

उनले नपाल र भारत सरकारबिच शहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि शहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए । 

प्रकाशित: १० वैशाख २०८२ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App