२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रभावकारी बन्दै विपत् बिमा कार्यक्रम

फाइल तस्वीर

अघिल्लो वर्ष असोज २३ गते कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा आएको बाढीमा १८ जनाले ज्यान गुमाए। तिला नदी र कुकुर खोलाको दोभानमा दाहसंस्कारमा सहभागी भएकामध्ये १३ जना बेपत्ता भए। तिलागुफा–७ का ललितबहादुर विष्टले पहिरोमा छोरा–बुहारी, नाति–नातिनीसहित पाँच जना गुमाए।

परिवारका पाँच सदस्य गुमाएका विष्टले कर्णाली प्रदेश सरकारले गरिदिएको विमाबापत १० लाख रूपैयाँ गत आर्थिक वर्षको अन्त्यमा प्राप्त गरे। ‘सरकारले हाम्रो बिमा गरिदिएको रहेछ, हामीलाई थाहा पनि थिएन,’ उनले भने, ‘परिवारका सदस्य गुमाउँदाको पीडा त छँदै थियो, राहतबापत पाएको पैसाले बाँचेकाहरूका लागि जीवन निर्वाह गर्न केही सजिलो हुने भयो।’ कर्णालीमा गत असोजमा ठूलो बाढीपहिरो आयो।

धनजनको पनि ठूलो क्षति भयो। जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ का राजबहादुर शाहीले असोज २२ गते राति आएको बाढीपहिरोमा बुबा, भाइ–बुहारी र दुई भतिजा गुमाए। उनले पनि प्रतिव्यक्ति दुई लाखका दरले १० लाख रूपैयाँ प्राप्त गरे।

कर्णाली प्रदेश सरकारले  २०७७ फागुनदेखि कर्णालीका सबै नागरिक र यहाँ कार्यरत सरकारी तथा गैरसरकारी संघ–संस्थामा कार्यरत कर्मचारीहरूको सामूहिक प्राकृतिक विपद् दुर्घटना बिमा गरेको छ। कर्णालीका स्थायी नागरिकसहित सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी गरेर कर्णालीमा १७ लाख ७० हजारको हाराहारीमा नागरिकहरू रहेको अनुमान गरिन्छ।

धनजनको पनि ठूलो क्षति भयो। जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ का राजबहादुर शाहीले असोज २२ गते राति आएको बाढीपहिरोमा बुबा, भाइ–बुहारी र दुई भतिजा गुमाए। उनले पनि प्रतिव्यक्ति दुई लाखका दरले १० लाख रूपैयाँ प्राप्त गरे।

सोही अनुमानका आधारमा प्रदेश सरकारले प्रतिव्यक्ति ९ रूपैयाँ ३२ पैसा खर्चिएर कर्णालीका नागरिक र यहाँ कार्यरत कर्मचारीहरूको वार्षिक सामूहिक प्राकृतिक विपद् दुर्घटना बिमा गर्दै आइरहेको छ। राष्ट्रिय बिमा कम्पनीसँग प्रदेश सरकारले सामूहिक प्राकृतिक बिमा गरेको छ।

 सरकारले बाढी वा खोलाले बगाएको, पहिरो, आगलागी, हिमपात, हिमपहिरो, हिमताल विष्फोटन, असिना, भूकम्प, पहिरो, जमिन कटान वा भासिएर डुवान, हावाहुरी वा आँधीबेहरी, शीतलहर, चट्याङ, आगलागी, डढेलोलगायतका प्राकृतिक विपत्तिमा ज्यान गुमाउने कर्णालीका नागरिकका परिवार र कर्णालीमा कार्यरत जुनसुकै जिल्लाका सरकारी कर्मचारीका परिवारले बिमाबापत दुई लाख रूपैयाँ एकमुष्ट पाउने गरेर बिमा कम्पनीसँग सम्झौता गरेको छ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले तीन आर्थिक वर्षमा सामूहिक प्राकृतिक विपद् बिमामार्फत १८१ जनाले विमाबापतको भुक्तानी पाएको बताए। ‘प्राकृतिक प्रकोप र विपत्तिका हिसाबले कर्णाली अत्यन्तै जोखिमयुक्त प्रदेश हो,’ उनले भने, ‘सरकारले गरेको बिमा कार्यक्रम प्रभावकारी हुँदै गएको देखिन्छ।’

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५९, २०७८/७९ मा ५८ जना र २०७९/८० मा ६४ जना मृतकका परिवारले सरकारले गरिदिएको सामूहिक दुर्घटना विमाबापतको रकम पाएका छन्। कर्णालीमा सबैभन्दा धेरै बाढीपहिरोका कारण मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

२०७९/८० मा विमा बापतको रकम पाउनेमा बाढी पहिरोमा परेर मृत्यु भएकाहरू धेरै छन्। तथ्याङ्क अनुसार बाढी पहिरोबाट मृत्यु भएका ५३, हिमपहिरोमा परेर मृत्यु भएका पाँच, आगलागीमा परेर मृत्यु भएका पाँच र चट्याङ लागेर मृत्यु भएका एक जनाका परिवारले विमा बापतको रकम पाएका छन्। प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्राकृतिक विपत्तिमा घाइते भएकाहरूलाई पनि बिमा कार्यक्रममा समेट्ने तयारी गरिरहेको छ। ‘तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा प्रिमियमभन्दा भुक्तानी कम देखिएको छ,’ उनले भने, ‘त्यसैले अहिले तिरिरहेकै प्रिमियमबाट उपचारको व्यवस्था मिलाउँदैछौं।’

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले तीन आर्थिक वर्षमा सामूहिक प्राकृतिक विपद् बिमामार्फत १८१ जनाले विमाबापतको भुक्तानी पाएको बताए।

प्रदेश सरकार र बिमा कम्पनीबीच भएको सम्झौतामा प्राकृतिक विपत्तिमा नागरिकको मृत्यु भएमा त्यसको १५ दिनभित्र बिमा कम्पनीलाई सम्बन्धित स्थानीय तहले सिफारिस र घटना विवरणको लिखित जानकारी दिनुपर्ने उल्लेख छ। विशेष परिस्थितिमा तोकिएको हदम्यादभित्र निवेदन दिन नसकेमा जिल्ला प्रशासन कार्यालयको सिफारिसलाई आधार मान्ने उल्लेख गरिएको छ। 

प्रकाशित: ३ भाद्र २०८० ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App