१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कामना बैंकले मनायोा राष्ट्रिय धान दिवस

कामना सेवा विकास बैंकले राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

मौलिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको ‘दही चिउरा खाने, रोपाइँ र हिलेदौड प्रतियोगिता’ र पोखरा पर्यटन परिषद्द्वारा पोखरामा आयोजना गरिएको ‘१८ औं रोपाइँ महोत्सव’ लाई बैंकले आर्थिक सहयोग गरेको छ।

बैंकले मौलिक तथा सांस्कृतिक परम्पराहरूको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रमलाई सहयोग गरेको जनाएको छ।

साथै, परम्पराको जगेर्ना स्वरूप दही चिउरा खाने कार्यक्रमको महत्व दर्शाउँदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पूर्ण शाखा कार्यालयहरूमा दही चिउरा खाने कार्यक्रम आयोजना गरी दही चिउरा खाने दिन मनाएको छ।

यस्ता कार्यक्रमहरूले नेपाली समाजको मौलिक कला, संस्कृति, परम्परा तथा कर्मचारीहरू बीच एकताको भावनालाई बढावा दिने विश्वास बैंकले राखेको छ।

प्रकाशित: १७ असार २०८० ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App