२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

टेलिकम र प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल टेलिकमले विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई-सिम उपलब्ध गराउने भएको छ।

टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अधिकृत पहाडीले प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

यस्तै प्राधिकरणका निर्देशक घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई-सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरेका छन्।

प्रकाशित: १० वैशाख २०८० ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App