धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ!
नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र, धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ।

नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र, धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ।
कुनै लुटेरा कुनै चटुपाध्य छन्,देश विकासका नारा असाध्य छन्। जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्।
कहिले जुटेका छन् कहिले फुटेका छन्, जनतालाई चिउरा कुटेझैँ कुटेका छन्। यो त खुला जबर्जस्ती भएन र हजुर, नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन्।
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।
उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।
माकुराको रेशम रूप बदलेर जालो हुन्छ,रुमाल त्यही हो पुरानो भएपछि टालो हुन्छ विचित्र रहेछ नियम यो संसारको हजुर, उही आकाश, दिनमा निलो रातमा कालो हुन्छ।
कुनै निदान विनाको विधान लेखेर चिप्लिए, कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए। भाँतीभाँतीका चिप्ल्याइँ हुँदा रहेछन् यो लोकमा,विचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए।
कृष्णले अर्जुनको नेत्र खोसे, इन्द्रले ऋषि पत्नीको चरित्र खोसे। खोस्न त यहाँ पनि केके खोसेखोसे! खोस्दा खोस्दै मेरो देशको चित्र खोसे।
सुरक्षाको सवाल आउँदा त्वां शरणं हुन्छ भने,औषधिको अभावमा अकाल मरण हुन्छ भने। यस्तोलाई कुन दर्जाको शासन भनौँ साथी!खुला रूपमै प्रजातन्त्रको चीरहरण हुन्छ भने।
चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ, वरदान भए तपस्वीलाई दिएर सकिने थियौ- धन्न फूल भएकीले आँखाभरि बसेकी छौ प्रिय! सरावहुँदि हौ त हरदिन पिएर सकिने थियौ।
युक्रेनमाथि रुसी आक्रमणको पहिलो वर्षगाँठले हामीलाई युद्धको विश्वव्यापी असरमाथि समीक्षा गर्ने अवसर दिएको छ।
यही असार १ गते देशभरिका सातवटै प्रदेशले आफ्नो बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । सातवटै प्रदेशले प्रस्तावित गरेको बजेट कुल २ खर्ब ६४ अर्व २० करोड रहेको छ ।यो रकम संघीय सरकारले प्रस्तुत गरेको बजेटको झण्डै १७ प्रतिशत जति हुन आउँछ ।
१८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन त जनताका लागि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर हो । निर्वाचन नेताका लागि पनि ठूलो अवसर हो । जनतामा जानका लागि योभन्दा अर्को ठूलो अवसर हुँदैन् । जनताको बीचमा जान कोही पनि हिच्किचाउन हुुँदैन । निर्वाचनको विकल्प छैन् ।
कहिलेकाहीँ लाग्छ, नेपाली समाज र त्यसभित्रका व्यक्ति व्यक्तिमा एकसेएक 'श्री ३' र 'श्री ५'हरू जिउँदै छन् र तिनका लागि महिलाको शरीर भोगिने, डामिने र जलाइने वस्तुबाहेक केही होइन। लाग्छ, तिनले लोकतान्त्रिक गणतन्त्रमा पनि नेपाली मानसमा शासन गरिरहेका छन्। र, उन
