६ वैशाख २०८१ बिहीबार
दीर्घराज प्रसाई


दीर्घराज प्रसाईका लेखहरु :

प्रसंग स्वामी प्रपन्नाचार्यको

ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानी जस्तो साडी–गुन्युँ र निधारमा हिन्दुहरूले लगाउने टीका लगाएको छ। हिन्दु परिवारमा ईशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वान्को पनि यही मत छ।

महेन्द्र, बिपी र नरहरिनाथ

गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?

शिवरात्रिमा शिवश्रद्धा

नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन्, जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो।

नाट्यसम्राट बालकृष्ण समको सम्झनामा

‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पत्थर बन्दछन्। समजीको ‘मुटुको व्यथा’ नाटकमा व्यक्त यो कविताको व्याख्या गरेर मैले सुनाएँ। निचोडमा ‘बुद्धले पनि पाप गरे भने नरक पुग्छन्’ भन्ने अर्थ थियो।

पृथ्वी र ‘विशाल नेपाल’

भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन सकेको हो।

जनमानसमा अमर राजा वीरेन्द्र

राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।’

बडादसैं: मिलन बिन्दुको पर्व

घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरूमा सबै जातका नेपालीहरू आराधनाका लागि पुग्ने गर्छन्।

इन्द्रजात्रा र पृथ्वीनारायणको गद्दी आरोहण

शाक्य बौद्ध वंशकी जीवित कुमारीको हातबाट टीका लगाएर पाउमा ढोग गरेपछि मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए।

बहादुर शाहको त्यो बहादुरी

पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको एकीकरणको अभियानलाई उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए।

महामानव गौतम बुद्ध र अहिंसाको मार्ग

‘अनैतिक र असंयमी भएर सय वर्ष बाँच्नुभन्दा सदाचारी र ध्यानी बनेर एकदिन जिउनु जाती छ’ भन्ने ज्ञानलाई आत्मसात् गरेर नेपाललाई युगयुगान्तरसम्म सार्वभौम राष्ट्रको रूपमा बँचाइराख्न नेपाललाई हिन्दू तथा बौद्ध राष्ट्र घोषणा गरिनुपर्छ।

विक्रम संवतकाे उठान

साम्राज्यवादी प्रभावबाट जोगिएको नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् कायम रहिरह्यो।

आराध्यदेव पशुपतिनाथ र महाशिवरात्रि

अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध ठाउँ छन्। नेपालमा रहेका धाम, पवित्र मन्दिर र सयौं तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वब्यापी मान्यता छ।

चार अमर सहिद र त्रिभुवन

राजा त्रिभुवनको सक्रियता नहुँदो थियो त नेपालमा सहिदहरूको बलिदान बालुवामा पानी पोखेसरह हुन सक्थ्यो। छिमेकीहरूको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभावले हामी नेपाली कुनै न कुनै विदेशी राजनीतिक प्रभावमा पर्न सक्छौं।

पृथ्वीनारायणको उपदेशलाई मूलनीति बनाऔँ

पृथ्वीनारायणको सन्देश थियो– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया।’ यस्तो वीरता र सार्वभौम स्वतन्त्रताको इतिहास बोकेको यो नेपाल अधिराज्यमा हामी जुनसुकै विचारधारामा विभाजित भए पनि हामी सबैको सहमतिको केन्द्र पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई बनाउन सक्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्