सर्लाहीको जब्दी मतदान केन्द्रमा पुन : मतदान सुरु
श्री प्रावि जबदी मतदान केन्द्रमा एक जना वृद्धले आफन्त बाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएर मतदान रोकिएको थियो ।
श्री प्रावि जबदी मतदान केन्द्रमा एक जना वृद्धले आफन्त बाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएर मतदान रोकिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर ५ मा १५ प्रतिशत मत खसेको छ। एक लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ११ बजेसम्म २५ हजार २२३ मत खसेको छ।
उनले पाँच हजार टनको ‘चो ह्योन’ नामक युद्धपोतबाट समुद्रबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र प्रक्षेपणको परीक्षण गरेका हुन्। किमले यो परीक्षणलाई नयाँ युद्धपोतको क्षमताको मुख्य तत्व र ‘समुद्री रक्षाको नयाँ प्रतीक’ भएको बताएका छन्।
आफूले मतदान गरिसकेपछि उनले सबैलाई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेकी हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराले आफूले मतदान गरेपछि नामावलीमा नाम भएका सबैलाई मतदान गर्न अनुरोध गरेका हुन्।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ।
उनले फागुन २१ प्रतिनिधिसभा सदस्य पदका लागि भक्तपुरस्थित सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयमा पुगेर मतदान गरेका हुन्।
सप्तरीमा बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको निर्वाचन आयोगले बताएको छ। बिहान ११ बजेसम्मको तथ्यांक अनुसार करिब २० प्रतिशत मत खसेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन्।
सामाजिक संजाल फेसबुकबाट एउटा संचार माध्यमले गोली लागेर एक जना घाइते भएको खबर संप्रेषण गरेको भन्दै प्रशासनले त्यसो नभएको स्पष्ट पारेको हो।
राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन्।
सिरहामा बिहान ११ बजेसम्म ३० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
उनले बिहान ११ बजे गुर्भाकोट नगरपालिका-८ मेहेलकुनास्थित सूर्यज्योति माध्यमिक विद्यालयमा पुगेर खड्काले मतदान गरेका हुन्।