सुनसरीमा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सुनसरीमा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता छन्। जसमा सुनसरीमा क्षेत्र नं. १ एक लाख ५० हजार ३९३ मतदाता छन्।
यस्तै क्षेत्र नं. २ मा एक लाख ५८ हजार ९१० मतदाता छन्। क्षेत्र नं. ३ मा कुल एक लाख ३४ हजार ३०२ मतदाता छन्। यस्तै क्षेत्र नं. ४ मा एक लाख ३५ हजार ३४० जना मतदाता छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:४५ बिहीबार





