२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔं’

मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका-८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान गर्दै उनले आफ्नो योग्य जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोगको अवसर नगुमाउन आग्रह गरे। मुख्यमन्त्री यादवले सहज, सुरक्षित र विवेकपूर्ण ढङ्गले अभिमत जाहेर गरी देशको भविष्य निर्माणमा योगदान गर्न अपिल गरे।

यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटका चार निर्वाचन क्षेत्रका ५४१ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको बताएका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App