पोखरामा दिनकै चार हजार हवाई यात्रु
चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन् ।