४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा चिनियाँ र नेपाली धावक एकैपटक दौड्दै

पोखरामा हुने अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिताबारे जानकारी दिँदै आयोजक। तस्बिरः नागरिक

पोखरामा नेपाल र चीनका धावकहरु एकैपटक दौड्ने भएका छन्। नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्न यो दौड्ले सघाउने सरोकारवालाको विश्वास छ। पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत दौड आयोजना गरेको आयोजकले बताएको छ।  

प्रतियोगिता संयोजक विश्वशंकर पालिखेका अनुसार विभिन्न चारवटा इभेन्टमा प्रतियोगिता संचालन हुनेछ। टिम, व्यक्तिगत, विद्यार्थी र ह्याप्पी रन विधामा खेलाडीहरु दौड्ने आयोजकले बताएको छ। टिम इभेन्टतर्फको  प्रतियोगितामा चीन र नेपालका १०–१० टिम रहनेछन्। प्रत्येक टिममा ३ जनाका दरले ६० जना खेलाडी हुनेछन्। टिम इभेन्टको दूरी ४० किलोमिटरको हुनेछ।

आगामि शनिबार हुने प्रतियोगितामा दौड, साइक्लिङ र फेवातालमा बोटिङ पनि गर्नुपर्ने उनले बताए। टिम इभेन्टका सहभागिले सबैगरि ४० किलोमिटर दूरी पुरा गर्नुपर्ने पालिखेले जानकारी दिए। फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता विभिन्न ठाउँ पुगेर फेवाताल पारि आएपछि डुंगा तरेर बाराहीघाट नै आउनुपर्नेछ।  

त्यस्तै व्यक्तिगत दौड भने ३८ किलोमिटरको हुनेछ। व्यक्तिगत विधातर्फ १ सय ४० जना धावकबीच प्रतिश्पर्धा हुनेछ। सर्वसाधारण र विद्यार्थीका लागि भने पाँच किलोमिटर दूरीको दौड हुनेछ। प्रतियोगितामा टिम इभेन्टतर्फ प्रथम हुनेले ३ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछ। दोश्रोले २ लाख ८८ हजार, तेश्रोले २ लाख १६ हजार, चौथोले १ लाख ४४ हजार र पाँचौले ९ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन।  

त्यसैगरि व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार, द्वितीयले १ लाख ८ हजार, तेश्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउने पनि आयोजकले बताएको छ। व्यक्तिगत स्पर्धामा दशौं स्थानसम्मका धावकले पुरस्कार पाउनेछन्। विद्यार्थी दौडमा पनि उत्कृष्टले नगद पुरस्कार पाउने उनले बताए।  

पालिखेका अनुसार हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर ती धावक पोखरा आउनेछन। जहाज चीनबाट सिधै पोखरा ओर्लिनेछ। नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले यो प्रतियोगितालाई संयुक्त रुपमा आयोजना गरेका छन्। सह आयोजकको रुपमा चीनको यूनान माउन्टेनेयरिङ तथा आउटडोर स्पोर्टस एशोसिएसन र होटल संघ पोखरा रहेका छन्। पोखरामा हुने यो प्रतियोगिताले नेपाल र चीनबीच थप सम्बन्ध बिस्तारमा सहयोग पुग्ने आयोजकले बताएका छन्।  

प्रकाशित: ३ मंसिर २०८० १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App