पोखरा सभागृहचोकमा रहेको एटिएम फोड्ने पक्राउ
पोखरामा एटिएम फुटाएर चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।