१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शान्तिस्तुप जाँदै गरेको बस दुर्घटनामा ३५ घाईते

सातजना यात्रुको अवस्था गम्भीर

पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्। पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपतर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो।  

घाईते मध्ये सातजनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। घाईतेलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालमा लगिएको उनले बताए।  

पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म चल्ने बस हो। दुर्घटनास्थल उकालो ठाउँमा रहेको छ। बस सडकबाट १० मिटर तल खसेको अवस्थामा उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित: १२ कार्तिक २०८० ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App