१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा महानगरद्वारा जेठोबुढो धानको समर्थन मूल्य वृद्धि

पोखरामा धान भर्दै किसान। तस्बिरः फाईल/ नागरिक

पोखरा महानगरपालिका जेठोबुढो धान संरक्षण अभियानमा छ। किसानलाई जेठोबुढो धान उत्पादनमा प्रेरित गर्दै आएको छ। पोखराको फाँटहरुमा अहिले जेठोबुढो धानको हिस्सा आधा अर्थात ५० प्रतिशतको हाराहारीमा रहेको छ। यो गतवर्षभन्दा १० प्रतिशतले बृद्धि हो।  

महानगरले यो वर्ष जेठोबुढो धानको समर्थन मूल्यमा समेत बृद्धि गरेको छ। यो वर्ष प्रतिकेजी ५ रुपैयाँले बढाएको महानगरपालिका कृषि विभागले जनाएको छ। ‘यो वर्ष जेठोबुढो धानको समर्थन मूल्य ९५ रुपैयाँ तोकिएको छ। जुन गतवर्षभन्दा ५ रुपैयाँ बढी हो,’ पोखरा महानगरपालिकाका कृषि विभाग प्रमुख मनोहरी कडरियाले भने। उनका अनुसार धानको समर्थन मूल्यमा गरिएको बृद्धिले किसानलाई राहत हुने विश्वास महानगरको छ ।

पोखरामा वार्षिक जेठोबुढो धानको उत्पादन १२ देखि १४ हजार मेट्रिक टन उत्पादन हुने अनुमान छ। कुल क्षेत्रफल मध्ये ५० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान लगाइएको छ। प्रतिरोपनी ३ देखि ५ मुरी उत्पादन हुने अनुमान छ।  प्रतिमुरी धान ५० केजी हुन्छ। प्रतिमुरीको मूल्य ४ हजार ७ सय ५० सय रुपैयाँ पर्न आउँने उनको भनाई थियो। प्रतिक्विन्टल ९ हजार ५ सय रुपैयाँ पर्छ।  

जेठो बुढो धान उत्पादनमा प्रतिरोपनी ३५ सय रुपैयाँ खर्च हुने गरेको किसानहरुको भनाई छ। ‘किसानको लागत मूल्यलाई आधार मानेर नै प्रतिकेजी ५ रुपैयाँ बृद्धि गरी समर्थम मूल्य तोकिएको हो,’ कृषि विभाग प्रमुख कडरियाको भनाई थियो। किसानले उत्पादन गरेको धान खलोबाट उठाई सम्बन्धीत ठाँउसम्म ढुवानी गर्ने खर्च समेत जोडेर किसानलाई समर्थन मूल्य तय गरिएको उनले सुनाए। पोखरा महानगरपालिकामा १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुदैं आएको छ। विशेष गरी जेठोबुढो धान फेवाफाँट, विरुवा फाँट, शिशुवा फाँट, खोला छेउ, कमलपोखरी फाँट, कुँडहर फाँटमा उत्पादन हुदैं आएका छन्।

धान उत्पादन गर्ने किसानलाई न्यूनतम मूल्य पाउनुपर्छ  भन्ने उद्देश्यले वर्षेनी समर्थन मूल्य तोकिदैं आएको छ,’ उनले भने, ‘उत्पादित धानलाई व्यवस्थापन गर्ने महानगरपालिकाको निर्णयसँगै समर्थन मूल्य राखिएको हो’ समर्थन मूल्यले किसानको लागत मूल्य पाउन भन्ने ध्येय रहेको समेत उनले सुनाए।  

तराईमा सरकारले नै धानको मूल्य तोक्ने गरेको छ । तोकिएको मूल्यमा सहकारी एवं कुनै कम्पनी वा फार्मले खरीद गर्न सक्ने छ। ‘तोकिएको समर्थन मूल्यमा पोखरा महानगरभित्रका ईच्छुक सहकारी, कृषि फार्म वा कम्पनीले खरीद गर्न सक्ने छ’ उनले थपे–‘तोकिएकै मूल्यममा बेच्न सक्ने छन्। किसानले बढी मूल्यमा समेत बेच्न पाउँछन् ’ बढ्दो रसायनिक मलको प्रयोगसँगै रैथाने जातको धानहरु विस्तारै लोप हुदैं गएको छ। 

सहकारीहरुले सूचीकृति मूल्यमा खरीद गर्न सक्ने प्रावधान छ। मन्सुली मोटो र मसिनोको २६ सयदेखि २८ सय रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । समर्थन मूल्य नतोकिदाँ किसानले आफनै भाउमा धान बेच्दै आएका थिए। महानगरपालिकाले जेठोबुढो धानको लागि अनुदान समेत दिदैं आएको छ।  

प्रकाशित: १६ कार्तिक २०८० ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App