बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’
कृषि सञ्जालका संयोजक लोकबहादुर गुरुङले वातावरणमा प्रतिकूल असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) का कारण जेठोबुढो धान पोखरेलीको बास्ना हराउँदै गएकाे बताए।
कृषि सञ्जालका संयोजक लोकबहादुर गुरुङले वातावरणमा प्रतिकूल असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) का कारण जेठोबुढो धान पोखरेलीको बास्ना हराउँदै गएकाे बताए।
पोखरा महानगरपालिका जेठोबुढो धान संरक्षण अभियानमा छ। किसानलाई जेठोबुढो धान उत्पादनमा प्रेरित गर्दै आएको छ। पोखराको फाँटहरुमा अहिले जेठोबुढो धानको हिस्सा आधा अर्थात ५० प्रतिशतको हाराहारीमा रहेको छ। यो गतवर्षभन्दा १० प्रतिशतले बृद्धि हो।
यो वर्ष कास्कीको धान उत्पादन खासै न त बढ्ने न त घट्ने नै प्रारम्भिक अध्ययनले देखाएको छ। धान थक्याउने चटारोसँगै पोखरा महानगरपालिकाले भने कास्कीको रैथाने जेठोबुढो धानको समर्थन मूल्य पुरानै कायम गरेको छ। महानगरले गतवर्ष नै तोकेको प्रति क्विन्टल नौहजार रुपैयाँ यसवर्ष पनि उही तोकिदिएको छ। प्रति क्विन्टल नौहजार रुपैयाँ समर्थन मूल्य तोकिएको महानगरपालिकाले जनाएको छ।