४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्रीलाई विश्वासको मतः गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो

विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने सोच मुख्यमन्त्री पोखरेलले बनाएकाले अब कार्यविभाजनसँगै मन्त्रिपरिषद् पनि विस्तार हुने जानकारी बिनाविभागीय मन्त्री कुमार खड्काले दिएका छन्।

पोखरेलले पाए विश्वासको मतः पक्षमा ३१, बिपक्षमा २७

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार उनले विश्वासको मत माग्दा उनलाई बहुमत सदस्यले विश्वासको मत दिएका हुन् ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

गण्डकी प्रदेश: मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्।

बेनीबजार सँधै जोखिममा

बेनी नगरपालिका–७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।

मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामि शुक्रबार संसदमा विश्वासको मत लिने भएका छन् ।

बुढीगण्डकीले चारवटा घर बगायो, २७ घर जोखिममा

बुढीगण्डकी नदीको बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीका चारवटा घर बगाएको छ । बाढीले गएराती ती घर बगाएको हो । गाउँमा नदी पसेपछि २७ घरधुरी जोखिममा छन् ।

गण्डकी प्रदेशको बजेटः पाँचसय शैयाको शिक्षण अस्पताल बनाइने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल अस्पतालसहित पाँचसय शैयाको शिक्षण अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशको बजेट ३० अर्ब बढी

प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयको समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको नीति कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो ।

अभूतपूर्व भूतपूर्वहरू

हाम्रो मुलुकमा प्रभावशाली व्यक्ति भएपछि निरन्तर राज्य कोषबाट सुविधा लिन पाइन्छ। त्यसकारण पनि एकपटक उच्च पदमा पुग्ने लालसा यहाँ भइरहन्छ। यहाँ जुन दलको सरकार आए पनि आफ्ना पूर्ववर्तीका निम्ति तिनले ख्याल राख्छन्। तिनले यसरी सुविधा दिएपछि भविष्यमा आउने सरकारले पनि आफ्ना लागि त्यसै गरी गुन लगाउने निर्णय गर्छन्।

गण्डकीको नीति तथा कार्यक्रममा पर्यटनः ‘गोल्डेन ट्र्यांगल’ दुई दशकअघिकै अभ्यास

प्रदेश प्रमुखले पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्र्यांगल’को रूपमा विकास गर्ने बताए पनि यो रुट प्रवर्द्धनको प्रयास वर्षाैं अघि नै भएको थियो। यसलाई पर्यटन व्यवसायीले निकै प्राथमिकता दिएर प्रवर्द्धन गरेका थिए। व्यवसायीले पोखरा–काठमाडौं–चितवनलाई मात्र ट्र्यांगलमा समेटेका थिए।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कोभिड नियन्त्रण प्राथमिकतामा

गण्डकी प्रदेश सरकारले कोभिड–१९ को महामारीबाट सिर्जित समस्या सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ। एमाले नेतृत्वको सरकार परिवर्तन भई कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि तत्काल ल्याइएको पहिलो नीति तथा कार्यक्रम कोरोनाविरुद्धको खोप, रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित रहेको हो।

सर्वोच्चद्वारा आफ्नै अन्तरिम आदेश खारेज

सर्वोच्च अदालतले एक साताअघिको आफ्नै अन्तरिम आदेश खारेज गरेको छ। उक्त आदेशसँगै गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद पनि खारेज गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्