४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः स्वास्थ्य र कृषिमा प्राथमिकता

गण्डकी प्रदेश सरकारले कोभिड-१९ को महामारीबाट सुजित समस्याहरुको सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ । एमाले सरकार गिरेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि ल्याइएको पहिलो नीति तथा कार्यक्रम कोरोनाबिरुद्धको खोप, रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको हो ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः ‘गोल्डेन ट्रयांगल’ दुईदशक अघिकै अभ्यास

गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्रयांगल’को रुपमा विकास गर्ने बताएपनि यो रुटको प्रवर्धनको अभ्यास दुई दशक अघि नै भएको थियो । यसलाई पर्यटन व्यवसायीले खुबै प्राथमिकता दिएर त्यो बेला प्रवर्धन गरेका थिए ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः कोरोना नियन्त्रणमा केन्द्रित

गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । संघ सरकारले गर्ने खोप व्यवस्थापनमा प्रदेश सरकारले पनि समन्वय गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।

केपी ओलीले भन्दैमा निष्ठा र आदर्श त्याग्ने व्यक्ति म होइनः पृथ्वी सुब्बा गुरुङ

संसदमा विश्वासको मत पाउन असफल भएपछि सत्ताच्यूत भएका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कसैको दवाब वा प्रभावमा परेर आफू निष्ठा र आदर्श त्याग्ने व्यक्ति नभएको बताएका छन् ।

पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय

गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिने ऐन बनाउने भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठित प्रदेश सरकारको आइतबार विहान बसेको पहिलो मन्त्रीपरिषद् बैठकले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय गरेको हो ।

स्थानीय तहमा ‘ह्वाइट गोल्ड’: कतै नदीमै, कतै खोसाखोस

‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका

गण्डकी प्रदेशः अवरोध छिचोल्दै पोखरेल मुख्यमन्त्री

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन चालेको कदम गण्डकी प्रदेशमा पनि दोहोरिने हो कि भन्ने आशंका भइरहेका बेला प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार अपराह्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली) लाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी

राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन ।

गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

सशरीर ३१ जना र उनीहरुको हस्ताक्षर (बहुमत) पु¥याएर मुख्यमन्त्रीमा दावी गरेको विपक्षी गठबन्धन दल प्रदेश प्रमुख कार्यालयमा पुगेका छन ।

गण्डकी प्रदेश : मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको फेरि दाबी

दुईदिन अघि मात्र संसदमा विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

गण्डकीमा नयाँ ट्विस्टः सरकार गठनमा फेरि किचलो

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफु संसदीय दलको नेता हुँ भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन ।

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा पोखरेलको दाबी

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएको छ।

गण्डकी प्रदेशः बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २४ घण्टे म्याद दिदै आह्वान गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्