८ वैशाख २०८१ शनिबार
राजनीति

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी

कृष्णचन्द्र नेपाली पोखरेल

राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । कांग्रेस सांसद बिन्दुकुमार थापाले अबको डेढ घण्टाभित्र सपथ हुने भन्दै प्रदेश प्रमुखको कार्यालयबाट जानकारी आएको बताए । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डि अर्यालले फोन गरेर तयारी गर्न भनेको पनि थापाले बताए । 

प्रकाशित: २९ जेष्ठ २०७८ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App