४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकीमा नयाँ ट्विस्टः सरकार गठनमा फेरि किचलो

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफु संसदीय दलको नेता हुँ भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन । 

कांग्रेस, माओवादी, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकार गठन गर्नका लागि शुक्रबार बहुमत सासंदको हस्ताक्षर बुझाएको भएपनि जनमोर्चाका थापाले आफु संसदीय दलको नेता भएको दावी गर्दै विपक्षी गठबन्धनमा दलको समर्थन नरहेको बताएका हुन् ।  

थापाले संसदीय दलको नेता भएको दावी प्रदेश प्रमुख सक्षम पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए । त्यो सँगै नयाँ सरकार गठनको तयारी भईहरहँदा गण्डकीको सरकार गठन प्रक्रियामा नयाँ ट्वीस्ट आएको छ ।  

आफु संसदीय दलको नेता भएको थापाले दावी गरेपनि उनलाई दलले यसअघि नै कारवाहि गरेर दलको नेताबाट हटाइसकेको थियो । उनको ठाउँमा पियारी थापालाई दलको नेता चयन गरिसकेको भएपनि थापाले आफु नै दलको नेता कायम रहेको दावी पेश गरेका छन् ।  

जनमोर्चाको समर्थन अभावमा सरकार गठनमा बहुमत पुग्दैन । यदी थापालाई संसदीय दलको नेताको मान्यता दिएको खण्डमा प्रदेश संसद विघटनको खतरा बढेको नेताहरुले बताएका छन । एमालेले संसद विघटनको रणनीति बनाएको दलहरुको भनाई छ ।

सरकार गठनको प्रतिक्षामा रहेका विपक्षी दलका सांसदहरुले भने ३१ जना सांसद एकैठाउँ रहेको बताएका छन । ‘बहुमतको सरका र गठन गर्न नदिन नयाँ किचलो सुरु गरेको थाहा पाएका छौ, तर, हामी ३१ जना एकैठाउँ छौ । प्रदेश प्रमुखको प्रतिक्षामा छौ,’ ती सांसदले बताए । 

प्रकाशित: २९ जेष्ठ २०७८ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App