coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २४ घण्टे म्याद दिदै आह्वान गरेकी हुन् ।  धारा १६८ को उपधारा १, २ र ३ अनुसार सरकार गठन गर्ने प्रक्रिया सकिएकाले अब उपधारा ५ अनुसार प्रदेश सभामा बहुमत पु¥याउन सक्ने आधार भएका गण्डकी प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न भनिएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरिएको पत्रमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि जेठ २९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गर्नु भएको छ ।’ यो उपधारा अन्तर्गत प्रदेश सभाका जुनसुकै सदस्यले पनि बहुमत पु¥याउन सक्ने आधार प्रस्तुत गरेमा मुख्यमन्त्रीमा नियुक्त गर्ने ब्यबस्था छ ।

यसअघि विहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत लिन असफल भएका थिए । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतको पक्षमा २७ र बिपक्षमा ३० मत परेको थियो । गण्डकी प्रदेशमा बिपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा मिलेर वैकल्पिक सरकार बनाउने तयारी गरेका छन् । जस अनुसार ३१ प्रदेश सभा सदस्यको हस्ताक्षर संकलन भइसकेको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जानकारी दिए ।

प्रकाशित: २८ जेष्ठ २०७८ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App