४ वैशाख २०८१ मंगलबार
राजनीति

गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

प्रदेश प्रमुख कार्यालय अघि धर्ना दिँदै । तस्बिरःउमेश पुन÷नागरिक

सशरीर ३१ जना र उनीहरुको हस्ताक्षर (बहुमत) पु¥याएर मुख्यमन्त्रीमा दावी गरेको विपक्षी गठबन्धन दल प्रदेश प्रमुख कार्यालयमा पुगेका छन । शुक्रबार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने प्रस्ताव सहित विपक्षी गठबन्धनले दावी पेश गरेका थिए ।

तर, शनिबार पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन । राष्ट्रिय जनमोर्चा (राजमो) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनको पत्रसहित मुख्यमन्त्रीमा गुरुङले पनि दाबी गरेका छन । 

विपक्षी गठबन्धनले अहिले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना दिएका छन् । विपक्षी गठबन्धनले भने केपी ओपीको प्रतिगमन दोहोरिएको बताएको छ । यो केपी ओलीको असंवैधानिक कदमको निरन्तरता भएको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले बताए । 

प्रकाशित: २९ जेष्ठ २०७८ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App