४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

मुख्ममन्त्रीमा दावी पेश गर्न गएको टोली । तस्बिरःउमेश पुन÷नागरिक

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।  

कांग्रेस सांसद बिन्दुकुमार थापाका अनुसार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर दावी पेश गरेको बताए । ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको उनले बताए ।

‘३१ जना नै स–शरिर उपस्थित भएर दावी पेश गरेका छौ । हस्ताक्षर पनि सनाखत भएको छ,’ थापाले भने । 

प्रकाशित: २८ जेष्ठ २०७८ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App