coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)को समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गर्ने भएका छन् । पाँचसदस्यीय मन्त्री परिषद गठन गरेका उनले अहिलेसम्म कसैको पनि कार्यविभाजन गरेका छैनन् । मन्त्रीहरुको कार्यविभाजन गर्दा विवाद हुने र त्यसको असर विश्वासको मत लिदा पर्नसक्ने भएकाले मुख्यमन्त्री पोखरेल पहिले विश्वासको मत लिने पक्षमा रहेको बुझिएको छ । मुख्यमन्त्री भएको एक साताभित्रै उनले विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित: ४ असार २०७८ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App