५ आश्विन २०८१ शनिबार
image/svg+xml

उत्तरी गोरखा लोक्पाकाे पहिरोमा १६ वटा खच्चड पुरिए

मंगलवार चुमनुब्रीगाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाशदाहालले बताए।

रसुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

रातिको समयमा घर पुरिँदा बुद्धि तामाङको श्रीमतीको ज्यान गएको र दुई जना छोरी तथा एक जना छोरा अझै बेपत्ता रहेका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

मनाङमा दसैअघि गाडी पुग्न मुस्किल

अवरुद्ध भएको सडक पुनः सञ्चालन गर्नका लागि सहज नभएको प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालका लागि आवश्यक गह्राैँ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरूको भनाइ छ। पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पूरै बगेको छ।

पहिरोले नौबिसे नागढुंगा सडकखण्ड अवरुद्व

पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। अहिले राजमार्ग दुईतर्फी नै बन्द छ।

मनाङका बाढी पीडितः घर बनाउन प्रतिपरिवार दुई लाख दिइने

असार पहिलो साताको बाढीपहिरोको चपेटामा परेको हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ ।

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो लिएका हुन्।

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।

पहिरोले बस्ती नै जाेखिममा : डेढ सय परिवारले गाउँ छाडे

जिल्लाको उत्तरी गाउँ लापिलाङमा बस्ती माथि र तल दुवै तिरबाट आएको पहिरोले घर तान्न थालेपछि १ सय ५० परिवारले गाउँ छाडेका छन्।

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीनजनाको मृत्यु

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढीपहिरोले बगाएको हो।

रसुवाको स्याफ्रुमा पहिरो, ४ घर पूर्ण क्षति

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा शुक्रबार बिहान गएको पहिरोको कारण ४ घरमा पूर्ण क्षति भएको छ भने ७ घरमा आसिंक क्षति पुगेको छ। पहिरो झर्न थालेपछि भाग्ने क्रममा दुई जना सामान्य घाइते भएका छन्।

लिदी पहिरोपीडित वर्षपछि अस्थायी आश्रयस्थलमा

२०७७ साउन ३० गते ३९ स्थानीयको ज्यान लिएको जुगल गाउँपालिका–१ का लिदी पहिरो पीडितले एक वर्षपछि अस्थायी आश्रयस्थल पाएका छन्। पक्की संरचना बराबरकै जस्ता र ट्रसको टहरो पाउँदा उनीहरु दंग छन्।

डिकुवामा काल्ने पहिरोको वितण्डा

मंगलबार रातीको भारी वर्षापछि खसेको कान्ले पहिरोले किच्दा राईको एउटा बाख्रा पाठा र सात वटा कुखुरा मरेको वडा सदस्य घनश्याम राईले जानकारी दिए। यस्तै, पहिरोका कारण सोही ठाउँका धनकुमार राईको घर बस्नै नमिल्नेगरी भत्किएको छ।

मेलम्चीमा विनाशकारी बाढीपहिरो: एक होइन, बहु कारण कारक

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र नेपाल इन्जिनियरिङ एसोसिएसनले गरेका छुट्टाछुट्टै अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। मेलम्चीको जलाधार क्षेत्र अझै पनि कमजोर छ। कतिबेला कमजोर धरातल खस्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन।

फेरि पछि धकेलियो मेलम्ची सपना

साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्