१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

डिकुवामा काल्ने पहिरोको वितण्डा

डिकुवाका कान्ले पहिरो पिडित स्थानीय महिला। तस्बिर सौजन्य: घनश्याम राई

वर्षाका कारण कान्ले पहिरोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी एकल महिला नहलकुमारी राईको घर पालुवा पशु पन्छी मारिएको छ। 

मंगलबार रातीको भारी वर्षापछि खसेको कान्ले पहिरोले किच्दा राईको एउटा बाख्रा पाठा र सात वटा कुखुरा मरेको वडा सदस्य घनश्याम राईले जानकारी दिए। यस्तै, पहिरोका कारण सोही ठाउँका धनकुमार राईको घर बस्नै नमिल्नेगरी भत्किएको छ। 

घर भत्किएपछि त्रिपाल टाँगेर बसिरहेका धनकुमार हाल घर निर्माणमा जुटेका छन्। यस्तै, भतिज हिराधन राईको परिवार बसिरहेको दुमाजित राईको घर पनि पूर्ण जोखिममा परेको वडा सदस्य राईले बताए।  

वर्षाको पहिरो पिडितले वडाका जनप्रतिनिधि समक्ष सहयोगको याचना गरेका छन्। पहिरो पिडितलाई विपद व्यवस्थापन कोषबाट सहयोग उपलव्ध गराउने तयारी गरिएको वडा सदस्य राईले बताए। गत वर्ष पहिरोले घर पुरिँदा विस्थापित भएका भक्तबहादुर राईले भने नगरपालिकासम्म पुग्दा पनि राहत नपाएको उल्टै ४ हजार ५०० ऋण लागेको गुनासो गरिरहेका छन्।  

प्रकाशित: २२ श्रावण २०७८ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App