५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन जना घाइते

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए। उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएका थिए।

बाढीपहिरोमा परी तीनको मृत्यु, दुईजना बेपत्ता

दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड सुचारु

त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्व भएको थियो। अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए।

बुटवलको ज्योतीनगरमा पहिरो, एक दर्जन घरमा क्षति

चुरेको घेचाँमा रहेको बस्तीमा आज बिहानै ६ बजेतिर पहिरो गएको थियो। चुरे पहाडबाट खसेको पहिरोले स्थानीय मनमाया भाट क्षेत्रीको घरगोठ भत्कीएको छ। ११ घरमा क्षति भएको छ। चुरेबाट झरेको ढुगाँसहितको लेदो स्थानीयको घरभित्रै पसेको छ।

महाकाली लोकमार्ग पहिरोले अवरुद्ध, सदरमुकामसँग सम्पर्क टुट्यो

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा आज विहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा १२ घन्टादेखि शव अलपत्र

लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ।

बाढीपहिरो: जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता

अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिए।

खत्री पौवाको पहिरो: खतराको घण्टी

नौबिसेबाट राजधानी आउने क्रममा उकालो चढ्दै गर्दा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकामा पर्ने खत्री पौवा राजधानी काठमाडौँबाट नजिकै छ। काठमाडौँबाट ओरालो झर्दा दायाँपट्टि सुरुमार्ग र बायाँपट्टि रातमाटे डाँडा छ। बाटो मोडिँदै गर्दाको पहाड भास्सिकेको छ। केही अघि त्यहाँ पहिरो खस्दा दुई दिन सडक नै अवरुद्व भयो।

अझै खुलेनन् बाढी र पहिरोले अवरुद्ध १२ सडक

वर्षाले यस वर्ष सबैभन्दा बढी क्षति डुम्रे–बेँसीसहर–चामे सडकमा पुर्याएको छ। मनाङ र लमजुङ जिल्लाका विभिन्न खण्डमा सडक अवरुद्ध छ। सो सडक तिमाङ खोला, धारापानी, रामबजार, अर्गले, बगरछापलगायतका स्थानमा अवरुद्ध रहेको छ।

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए।

पहिरोको चपेटामा राजमार्ग

सडक डिभिजन भरतपुरको तथ्याङ्क अनुसार पृथ्वी राजमार्गसँग जोडिएर मात्रै ८३ वटा शाखा सडक खनिएका छन्। नारायणगढ सडकमा १२ ओटा शाखा सडक छन्।

पहिरो झर्न थालेपछि बस्ती जोखिममा

दैलेखको नौमुले गाउँपालिका–४ कालिकास्थित उत्तीसेनीमा पहिरो जान थालेसँगै बस्ती नै उच्च जोखिममा परेको छ। बस्ती नजिकबाट पहिरो बग्न थालेपछि २६ घरधुरी जोखिममा परेका हुन्।

बझाङमा पहिरोले २ घर पुरिए, २० चौपायकाे मृत्यु

माथिबाट पहिरो आएपछि घरमा भएकाहरु भागेकाले मानविय क्षति हुन पाएन भने दुई घरको गोठमा रहेका डेढ दर्जन बढी पशु चौपाय मरेका छन्।

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्