५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बझाङमा पहिरोले २ घर पुरिए, २० चौपायकाे मृत्यु

फाइल तस्बिर

अविरल वर्षाका कारण आएको पहिरोले शुक्रवार बझाङमा दुइ घर पुरिएका छन्। माथिबाट पहिरो आएपछि घरमा भएकाहरु भागेकाले मानविय क्षति हुन पाएन भने दुई घरको गोठमा रहेका डेढ दर्जन बढी पशु चौपाय मरेका छन्। 

बिहीबारदेखि परिरहेको मुसलधारे वर्षाका कारण शुक्रवार बिहान ११ बजेतिर माथिबाट आएको पहिरोले बुङ्गल गाउँपालिका वडानं ६ का वलेधामी र नरेन्द्र धामीको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताएका छन्। 

पहिरो आउन थालेपछि दुवै घरका मान्छे भागेकाले मानिविय क्षति नभएको उनले बताए। पहिरोले घर पुरिदाँ वले धामीका ३ भैसि, २ गोरु, ७ बाख्रा मरेका छन भने घर भित्र भएको अन्नपात,खाद्यान लगायतका समान क्षती भएको छ। यसैगरि नरेन्द्र धामीको ४ गाई, २ गोरु र उनको घरमा बाधिएका धने दमाईका २ गाई मरेको प्रहरी नायव उपरिक्षक खड्काले बताए। 

उनको घरमा रहेको अन्नपात, सरसमान क्षती भएको छ। घर पहिरोले पुरिएपछि स्थानिय, प्रहरी उद्धारमा खटिएका थिए। घर पुरिएर विस्थापित दुबै परिवारका मान्छेलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको उनले बताए। पहिरोले सानीगाढ खोला पनि थुनिएको थियो। अहिले थुनिएको भन्दा माथीको भागवाट पानी बग्न थालेको उनले बताए।

प्रकाशित: ४ भाद्र २०७८ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App