५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

धनराज मुद्दामा विश्वप्रकाश भन्छन्: दोषी देखिए जेल, निर्दोष भए फूलमाला

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपसभापति धनराज गुरुङ दोषी देखिए जेल जाने बताएका छन्।

शनिबार नेपाली कांग्रेसको झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

‘हामी भन्छौं–हाम्रो उपसभापतिमाथि छानबिन गरिनुपर्छ। छानबिन गर्ने प्रक्रिया सुरु भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन्, कहीँ निर्णय गरेन, कहीँ दबाब दिएन,’ महामन्त्री शर्माले भने, ‘आज सिआइबीले छानबिन थालेको छ। धनराज गुरुङ निर्दोष देखिनुहुन्छ–माला लगाएर कांग्रेसको नेतृत्वमा अगाडि जानुहुन्छ। दोषी देखिनुहुन्छ–जेल जानुहुन्छ।’

कांग्रेस जस्तो पुरानो दलमा मानिस यसो भनिरहँदा नयाँ दलबाट यसो नआएको महामन्त्री शर्माले बताए। उनले भने, ‘नयाँ दलकाले के भनिरहनुभएको छ भने, प्रचलित कानुनबमोजिम कारबाही सिफारिस भनेर कल्ले भन्यो ? छानबिन समितिले। उहाँहरू के भन्नुहुन्छ ? क्लिन चिट पाइयो भन्नुहुन्छ।’

प्रकाशित: ५ आश्विन २०८१ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App