एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका लाई पराजित गरेको छ ।
दशरथ रङ्गशालामा शनिबार सम्पन्न दोस्रो खेलमा पुलिस क्लबले वालिङलाई २ –० ले हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भएको छ ।
यो जितसँगै ७ खेलबाट नेपाल पुलिस क्लबले १५ अंक जोडेको छ । त्यसै गरी पराजित वालिङ नगरपालिकाले ७ खेलबाट १२ अंक पाएको छ ।
प्रकाशित: ५ आश्विन २०८१ १८:०३ शनिबार