८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड सुचारु

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ।त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्व भएको थियो। अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए। 

अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो।  पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्व हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो। प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्व नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए। उनले भने, ‘बिहान साँढे ५ बजेतिर पहिरो गयो। सात बजेतिर वान वे बाटो खुलायौं। अहिले सडक पूर्ण रुपमा सूचारु भएको छ । अव पहिरोले असर नगर्ला।’

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भईरहेको छ। पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन्।

प्रकाशित: १४ भाद्र २०७८ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App