coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महाकाली लोकमार्ग पहिरोले अवरुद्ध, सदरमुकामसँग सम्पर्क टुट्यो

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा आज विहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ।

विहान साढे ६ बजेतिर सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिए। महाकाली लोकमार्गभन्दा माथिल्लो क्षेत्रमा निर्माण गरिएको ग्रामीण सडकबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको उनले बताए।

दार्चुला सदरमुकाम खलंगालाई तराईका जिल्ला तथा संघीय राजधानी जोड्ने एकमात्रै सडक अवरुद्ध हुँदा विहानै छुटेका लामो दूरीका सवारी र यात्रु अलपत्र परेका छन्। सडक खुलाउन विहानदेखि जेसीबी लगाइएको भए पनि तत्काल सडक खोल्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

भदौ महिनाको सुरुदेखि महाकाली नगरपालिका ९ दत्तुमा पहिरो खस्दा महाकाली लोकमार्ग एक हप्तासम्म अवरुद्ध बनेको थियो।

विहीवार मात्रै दत्तुमा खोलिएको भए पनि शनिबार शैल्यशिखर ६ मा पहिरो खस्दा दार्चुला सदरमुकाममा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य सामान आयातमा समस्या भइरहेको छ।

प्रकाशित: १२ भाद्र २०७८ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App