६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ। गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए। अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ। यस क्षेत्रमा पैदल हिँड्न समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताए। असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन्। पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै  सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ।  

प्रकाशित: ८ भाद्र २०७८ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App