४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१७ घण्टा पछि हेलिकप्टरबाट मतपेटिका ल्याईयो

सर्लाहीको विकट ठाउँ साविक नारायणखोला गाविस हाल लालबन्दी नगरपालिका–१४ बाट मतगणना सम्पन्न भएको साढे १७ घण्टा पछि मतपेटिका अहिले बिहान साँढे १० बजे नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको छ।

दुई सुत्केरीको हेलिकप्टरबाट उद्दार

उत्तरी गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँबाट मंगलवार दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

उद्दारमा पाँच हेलिकप्टरसहित ७ हजार नेपाली सेना परिचालन

नेपाली सेनाले बाढी र पहिरो पीडितको उद्वारको लागि पाँच वटा हेलिकप्टर र सात हजार सैनिक परिचालन गरेको छ। अहिलेसम्म सेनाले ४५ सय जनाको स्थल र ११ सय जनाको हवाई उद्वार गरेको जनाएको छ।

मन्त्रीको हेलिकप्टर आकाशमा, बाढी पीडित स्कुलको छतमा

आईतवार विहान देखि हेलिकप्टर बाढी पसेको क्षेत्रमा उडेपनि पीडितको उद्दार हुन सकेको छैन। नेपाली सेनाका हेलिकप्टर मन्त्री सहित बाढीक्षेत्रमा घुमे पनि उद्दार हुन नसकेको पीडित परिवारको गुनासो छ।

गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।

गम्भीर घाइते प्रहरीको हेलिकप्टरबाट उद्धार

सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेटौंडाको चुरेहिल अस्पतालले रिफर गरेपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको हो ।

बद्रीनाथमा हेलिकप्टर दुर्घटना, १ को मृत्यु ,२ पाइलट घाइते

शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा  परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।

टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटना, तेह्रको मृत्यु

टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।

राप्रपा नेता आचारसंहिता मिच्दै हेलिकप्टर लिएर चुनावी सभामा

वैशाख ३१ गते हुने निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। तर निर्वाचन आचार संहिता अटेर गर्दै राप्रपाका नेताहरु हेलिकप्टर चार्टर गरेर चुनावी सभा गर्न सोमबार धादिङको रुवीभ्याली पुगेका छन्।

जब हेलिकप्टरबाट उम्मेदवार अोर्लिए

उम्मेदवारी दर्ता गराउन सहकारी प्रशिक्षण तथा डिभिजन परिसरमा रहेको निवार्चन कार्यालयमा बिहान १० बजेपछि चहल पहल बाक्लिदै जाँदा पनि कांग्रेसको तर्फबाट मेयर उपमेयरको टुंगो लागिसकेको थिएन। पार्टी जिल्ला कार्यालयले केन्द्रमा नामावली सिफारिस गरेपछि मेयर, उपमेयरका प्रवल दाबेदारहरू काठमाडौंमा नै थिए।

‘प्रधानमन्त्रीले आफुखुसी हेलिकप्टर प्रयोग गर्न पाउँदैनन्’

स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने भएको छ। निर्वाचन आचासंहितामा आफूखुसी प्रधानमन्त्रीले समेत हेलिकप्टर प्रयोग गर्न नपाउने गरी कडाई गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले समेत हेलिकप्टर प्रयोग गरेर राजनीतिक कार्यक्रममा सरिक हुन आयोगले रोक लगाएको छ।

हेलिकप्टर चढेर प्रचारमा जान आयोगको कडाई

निर्वाचन आयोगले हेलिकोप्टरसहित सार्वजनिक सावरी प्रयोग गरी निर्वाचनको प्रचार हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरुलाई निर्देशन दिएको छ।

राष्ट्रपति चढेको हेलिकप्टर आकस्मिक अवतरण

राष्ट्रपति विद्या भणडारी चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। धनगढी महोत्सव उद्‍घाटनको लागि राष्ट्रपति भणडारीलाई लिएर सेनाको हेलिकप्टर त्यस तर्फ उडेको थियो।

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

भौगोलिक विकटताका कारण सडक सञ्जाल विस्तार हुन नसकेको डोल्पामा नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर निर्माण व्यवसायीले डोजर डोल्पा पु¥याएका छन् । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले ५० लाख खर्चेर डोजर डोल्पा पु¥याएका हुन्।

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

भारतीय वायु सेनाको विमान दुर्घटनामा परेको छ। पश्चिम बंगलाको सुकनामा सेनाको ‘चिता हेलिकप्टर’ दुर्घटनामा हुँदा ३ जना सैनिक अधिकृतको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्