४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

रुकुम– भौगोलिक विकटताका कारण सडक सञ्जाल विस्तार हुन नसकेको डोल्पामा नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर निर्माण व्यवसायीले डोजर डोल्पा पु¥याएका छन् । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले ५० लाख खर्चेर डोजर डोल्पा पु¥याएका हुन्।

डोल्पामा सडक सञ्जाल विस्तार नभएपछि उनले हेलिकप्टरमार्फत यहाँ जोडर ल्याएका हुन्। रुकुम सल्ले विमान स्थलवाट उनले डोल्पाको झुपाल विमान स्थलमा जोडर झारेका थिए । निर्माण व्यवसायिको व्यवसाय भए पनि डोल्पाको समग्र विकासको लागि यसले महत्वपुर्ण भुमीका निर्वाह गर्ने डोल्पाका स्थानीयहरुले बताएका छन् । ‘डोल्पाको विकासका लागि यो मेरो योगदान पनि हो’ निर्माण व्यवसायी शाहीले भने, ‘यसले सिंगो डोल्पाको मुहार फर्ने अपेक्षा गरेको छु ।’ भौगोलिक विकटताका कारण स्रोत साधन अभावले डोल्पा अझै पनि सडक सञ्जालसँग जोडिन सकेको छैन् ।

रुकुम जिल्लाको गोतमकोट गाविसमा पर्ने त्रिवेणीसम्म साना जिप सञ्चालनमा रहेका छन् । त्रिवेणी डोल्पा नजिकै पर्दछ । अबको केहि वर्षमै डोल्पा उक्त सडकसंग जोडिने बताइएको छ । डोल्पाका ग्रामिण भेगमा सडक विस्तार नहुँदा यहाँका स्थानीयहरु पैदल यात्रा गरेर एक ठाउँवाट अर्काे ठाउँ जानु पर्ने वाध्यता छ । जिल्ला वाहिर नेपालगञ्ज, काठमाडौं, पोखरा लगाएतका ठाउँ जानु पर्दा हवाइ मार्फत यात्रा गर्नु पर्छ ।

जिल्लामा डोजर भित्रिएसंगै विकासको मुहार खुलेको स्थानीयहरुको भनाई छ । अबको केहि वर्षमै जिल्लाका विभिन्न गाविसहरुमा सडक निर्माण हुने जिल्ला विकास समिति डोल्पाले अपेक्षा लिएको छ ।  हेलकप्टरबाट डोजर लैजाँदा आर्थिक जोखिम बेहोर्नुपरे पनि अबको एक वर्ष्भित्रै डोल्पाको सदरमुकाम दुनैसम्म सडक पुग्ने उनको विश्वास छ । डोल्पामा अहिले सामान्य रुपमा साना साना जिप मात्र सञ्चालनमा छन् ।

 

प्रकाशित: ६ पुस २०७३ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App