भूकम्प प्रभावितलाई बाँडिएको राहत सामग्री जलाउने दुई जना प्रहरी नियन्त्रणमा
रुकुम पश्चिममा भूकम्प प्रभावितलाई बाँडिएको राहत सामग्री जलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुकुम पश्चिममा भूकम्प प्रभावितलाई बाँडिएको राहत सामग्री जलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिजी होल्डिङ्सअन्तर्गतको सिएसआर डिभिजन अरूण चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको जानकारी दिएका छन।
गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।
जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुइवटा कार्गाे जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।
नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ।
सूर्य नेपालले भूकम्प पीडितको राहत तथा उद्धारको लागि आर्थिक सहयोग गर्ने भएको छ।
भूकम्प गएको पाँचौदिनसम्म पनि राहत नपाएपछि भूकम्प प्रभावित परिवारले आक्रोश पोखेका हुन्।
जाजरकोट र रुकुम(पश्चिम) मा गएको भूकम्पपछि भारतले नेपाललाई हस्तान्तरण गरेको दोस्रो खेपको राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भारतीय वायु सेनाको जहाजले सोमबार बेलुका नेपालगन्ज विमानस्थलमा ल्याएको थियो।
जाजरकोट भूकम्पका पीडितले उद्धार र राहत समयमा नपाउँदा दैनिकी कष्टकर बनिरहेको गुनासो आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोबारे विस्तृत अनुगमन गर्ने भएको छ। जाजरकोट भूकम्पबाट पीडित परिवारलाई सरकारले उपलब्ध गराइरहेको राहत तथा उद्धारको प्रभावकारिताबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको हो।
भूकम्पको इपिसेन्टर बारेकोट, रामीडाँडामा तीन दिनसम्म पनि सरकारले त्रिपाल, लत्ताकपडालगायत राहत सामग्री नपुर्याउँदा प्रभावितहरू तरकारी फलाउन बनाइएका टनेलमा या फेरे (ऊनी कपडा) र फरियाको पाल बनाएर रात काट्न बाध्य छन्।
जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपीडितका लागि सरकारी र निजी क्षेत्रले शनिबार राहत तथा सहयोगको घोषणा गरेका छन्।