२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

दुईवटा चिनियाँ जहाजमार्फत राहत सामाग्री पोखरा ल्याइयो

भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि चीनले दिएको राहत सामाग्री बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुई वटा कार्गो जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।  

चिनले सहयोग स्वरूप दिएका ती सामाग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे। नेपाली २८ करोड रुपैयाँ मूल्य बराबरका ती सामाग्री पोखराबाट ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्री श्रेष्ठले बताए।

चीनले दिएको राहत सामाग्री बुझ्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

४६ सय थान ब्ल्यान्केट र ६ सय थान टेन्ट सामाग्री रहेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सशस्त्र प्रहरीले पोखरामा रहेका ती सामाग्री ट्रक मार्फत जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रसम्म पुर्‍याउने उनले बताए।

प्रकाशित: २२ कार्तिक २०८० ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App