१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चौधरी फाउन्डेसनद्वारा राहत सामग्री प्रदान

सिजी होल्डिङ्स अन्तर्गतको सिएसआर डिभिजन अरूण चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ।

फाउन्डेसनले आधारभूत सामग्रीको अभाव कम गर्न १६ टन राहत सामग्री उपलब्ध गराएको हो। संस्थाले राहत प्याकेज जाजरकोट नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई हस्तान्तरण गरेको हो।

राहत सामग्रीले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई आपतकालीन अवस्थाको आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास फाउन्डेसनले लिएको छ।

प्रकाशित: २६ कार्तिक २०८० ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App