१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्।

रोल्पा जिल्ला अस्पताल र थवाङको मोटरेवल पुल उदघाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए।

‘राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ’, प्रधानमन्त्रीले दाहालले भने, ‘राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ।’

सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सांसद् नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उदघाटनका लागि प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए। 

प्रकाशित: २४ कार्तिक २०८० ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App