६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सूर्य नेपालले एक करोड ४० लाख सहयोग गर्ने

सूर्य नेपालले भूकम्प पीडितको राहत तथा उद्धारको लागि आर्थिक सहयोग गर्ने भएको छ। कम्पनीले आफ्नो तत्काल उद्धार, राहत तथा पीडितहरूको पुनः स्थापनामा मदत पुर्याउन एक करोड ४० लाख रूपैयाँ सहयोग गरेको हो।

कम्पनीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रालाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री पुष्प कमल दाहललाई हस्तान्तरण गरेको छ।

यस्तै कम्पनीले थप ३५ लाख रूपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्केटहरू जाजरकोट पठाइसकेको जनाएको छ। साथै कम्पनीले पाँच लाख बराबरको औषधी प्रभावित क्षेत्रतर्फ जाने तयारी गरिरहेको वीर अस्पतालको टोलीलाई हस्तान्तरण गरिसकेको जानकारी सूर्य नेपालले दिएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App