१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्प प्रभावितलाई बाँडिएको राहत सामग्री जलाउने दुई जना प्रहरी नियन्त्रणमा

रुकुम पश्चिममा भूकम्प प्रभावितलाई बाँडिएको राहत सामग्री जलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं इन्सपेक्टर विष्णुप्रसाद श्रेष्ठका अनुसार जिल्लाको सानीभेरी गाउँपालिका २ गिठाकोटमा आइतवार साँझ साढे पाँच बजेतिर भूकम्प पीडितलाई बाँडिएको राहत सामग्री जलाएको उजुरी आएपछि २ जनालाई नियन्त्रणमा लिइएको हो।  

उनले असन्तुष्ट व्यक्तिहरूले राहत सामग्रीमा पेट्रोल छर्केर आगो लगाएको बताए।  

पक्राउ पर्नेमा रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई पक्राउ गरिएको उनले बताए।  

प्रकाशित: २७ कार्तिक २०८० ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App