१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

एमालेले राहत वितरण गर्ने

नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ।

पार्टीको समाजिक सेवा केन्द्रले भूकम्प पीडितहरूका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको हो। केन्द्रका प्रमुख एवं नेकपा एमालेका केन्द्रीय सदस्य मोतीलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तीमा परेकाहरूलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो।

केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ। यसैगरी जाडोबाट बचाउन पीडितलाई कम्बल र टेन्ट पनि वितरण गर्न लागिएको जानकारी दुगडले दिए।

दुगडका अनुसार पहिलो चरणको राहत सामग्री दुई दिन भित्र पीडितहरूसम्म पुर्याउने तयारी भएको छ भने दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने जानकारी दुगडले दिएका छन्। दुई चरण गरेर एक करोड रूपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने तयारी एमालेले गरेको हो।

प्रकाशित: २२ कार्तिक २०८० ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App